बैंकिङ खबर । बैंकिङ क्षेत्रमा वाणिज्य बैंकहरूमध्ये नविल बैंकले सबैभन्दा धेरै लाभाँस दिने भएको छ । अन्य बेंकको तुलनामा नविल बैंक लाभाँस धेरै दिनेमा अघि देखिएको हो । हालसम्म् करिव डेड दर्जन बैंकहरुले लाभाँस घोषणा गरेका छन् । ती बैंकहरुले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर र नगद लाभांश घोषणा गरेका हुन् । नबिल बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ दशमलव चार प्रतिशत नगद र ३३ दशमलव ६ प्रतिशत बोनस गरी कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले अघिल्लो आबमा ३५ दशमलव २६ प्रतिशत लाभांश घोषणा गरेको थियो ।