November 3rd, 2021

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २२ करोड बढीको लगानी गर्ने

नेपाल राष्ट्र बैंकले २२ करोड ५९ लाख रुपैयाँ बैंक तथा वित्तिय संस्थामा १ वर्षे मुद्दतीमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन जस्ता विभिन्न कोषमा रहेको रकम लगानी गर्न लागेको हो । उक्त रकमलाई २०७८ मंसिर १ गतेदेखि २०७९ मंसिर १ गतेसम्म (३६५ दिन) को मुद्दती निक्षेपमा लगानी गर्दैछ । यसैक्रममा केन्द्रीय बैंकले १८ करोड ९ लाख रुपैयाँ बराबरको मुद्दती निक्षेप वाणिज्य बैंकमा राख्ने भएको हो।

यसैगरी, विकास बैंकमा ३ करोड ३८ लाख रुपैयाँ र वित्त कम्पनीमा १ करोड १२ लाख रुपैयाँ बराबरको रकम लगानी गर्ने भएको छ । राष्ट्र बैंकले तोकेको सीमाभित्र रही बैंकहरुले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाइ कात्तिक २३ गते दिउँसो २ बजे भित्र पेश गर्न अनुरोध गरेको छ । 

लगानी गर्न इच्छुक संस्थाले चाहेको व्याजदर समेत खुलाएर पठाउन राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले अनुरोध गरेको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव छ । कर्जा निक्षेप (सिडि) अनुपात ९० प्रतिशत हुनुपर्नेमा अधिकांशको नाघिसकेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले २७ ओटा वाणिज्य बैंकको सिडि अनुपात औसत ८९.३८ प्रतिशत छ। यतिबेला केन्द्री बैंकको उक्त लगानी बैंकका लागि केहि राहत बन्ने छ । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचार 

 

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]