बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक जीएमई पेको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले एक सूचना मार्फत सो कुराको जानकारी गराएको हो । २०७७ असोज २२ गते जीएमई पेले भुक्तानी सेवा प्रदायक कम्पनीको रुपमा लाइसेन्स पाएको थियो । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक जीएमई पेको लाइसेन्स मंगलबार खारेज गरेको हो ।