बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंकहरुले निक्षेप भन्दा कर्जा प्रवाह अत्याधिक गरेका कारण तरलता समस्या पैदा भएको निश्कर्षमा पुगेको छ । चालु आबको पछिल्लो अवधिमा बैंकहरुले कर्जा प्रवाह करीव चार गुणा बढी कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले कर्जा प्रवाहमा कुनै रोक नलगाउँदा बैंकहरुले अत्याधिक कर्जा प्रवाह गरेको अबस्था छ । वाणिज्य बैंकहरुमा हाल तरलताको अबस्था देखिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकहरुले निक्षेप ७० अर्ब उठाएर ३५२ अर्ब रुपैयाँ ऋण दिएको भन्दै यो सही कार्य नभएको र यसले समस्या उत्पन्न गराएको बताउनुभएको छ । तरलता अभावका कारण ऋणीले पैसा नपाउने अवस्था आउन नदिने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले प्राथमिकता प्राप्त क्षेत्र तथा उत्पादनशील व्यवसायमा बैंकहरुको लगानीका संकुचन नआउने उल्लेख गर्नुभयो ।
गभर्नर अधिकारीले मौद्रिक नीतिले कोभिड प्रभावित ब्यवसायलाई जोगाउन जोखिम लिएको भन्दै पुनर्कर्जा, पुनर्तालिकीकरण, पुनर्संरचना, ऋणले गर्दा लगानी बढेको बताउनुभयो । उहाँले बैंकहरुले निक्षेप कम उठाएर धेरै लगानी गरेका कारण तरलता बढेको बताउनुभयो ।
उहाँले ऋण दिनु पर्ने ठाउँमा ऋण दिन नसक्ने अवस्था नआउने बताउँदे बैंकहरुमा रकम नभएर पैसा साट्न नपाउने भन्ने कुरा नहुने बताउनुभयो । उहाँले तरलताकै कारण ऋण लिन नपाउने नभई कर्जा प्रवाहमा केही कडाई भएउको उल्लेख गर्नुभयो ।