बैंकिङ खबर । विराटनगरमा प्रहरीले स्रोत नखुलेको ८ लाख २० हजार रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अबस्थामा झापाको बिर्तामोड नगरपालिका ३ का ३४ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरेको छ । को २९प ८६४० नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका साहले डिक्की भित्र उक्त रकम राखेका थिए । रकमको कुनै स्रोत नखुलेका कारण पक्राउ परिएको जनाइएको छ ।