Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

व्याज बढी दिने बैंकहरुले निक्षेप बढाए अरुको निक्षेप घट्यो !

२०७८ कार्तिक ७ गते

बैंकिङ खबर । व्याज बढाउँदा निक्षेप संकलन बढेको पाइएको छ । पछिल्लो समय केही बैंकहरुले एकाएक निक्षेप संकलनमा व्याज बढाएर आक्रामक गतिमा लागेका थिए । व्याज बढाएर निक्षेप संकलन गर्ने वाणिज्य बैंकहरु सबैभन्दा धेरै निक्षेप संकलन गर्ने सुचिमा परेका छन् । यो तथ्याङकले व्याज बढी दिँदा निक्षेप संकलन बढेको देखाएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकहरुले निक्षेप बढाएका छन् । यो अवधिमा २७ वाणिज्य बैंकहरुमा गरी ६३ अर्ब ७४ करोड रुपैयाँ निक्षेप थपिएको छ । असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ४ अर्ब रुपैयाँ थियो । असोज मसान्तमा ६३ अर्ब ७४ करोड रुपैयाँ निक्षेप थपिएपछि कुल निक्षेप ४२ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ ।

यो अवधिमा सनराइज बैंकले २१ अर्ब ९० करोड रुपैयाँ निक्षेप थप गरेको छ । उक्त बैंकले असोज महिनामा व्यक्तिगत मुद्दतीतर्फ १०.०७ प्रतिशत ब्याज तोकेको थियो । यसैगरी सानिमा बैंक, एनसिसी बैंक, एनआइसी एसिया बैंक, नेपाल बैंक, कुमारी बैंक र एनएमबि बैंकको पनि निक्षेप संकलनमा बृद्धि भएको छ ।

पहिलो तीन महिनामा ६३ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह भने २ खर्ब ७८ अर्बले बृद्धि भएको छ । असार मसान्तसम्म २७ वाणिज्य बैंकले ३७ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने असोज मसान्तसम्मको रिपोर्ट अनुसार कर्जा प्रवाह ३९ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।

Ad