Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मिर्मिरे लघुवित्तको नयाँ सिइओमा पुष्कर राज जोशी नियुक्त

२०७८ कार्तिक ७ गते

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि। ले पुष्कर राज जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।
उहाँलाई यहि मिति २०७८।०७।०८ गते बाट लागु हुनेगरि आगामी ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको संस्थाले जनाएको छ। संस्थाको २२१ औं सञ्चालक समितिको बैठकले उहाँलाई नियुक्त गरेको हो।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले स्वेच्छिक अवकाश लिए पश्चात खालि रहेको पदमा जोशीलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा संस्थाले नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो । बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकर जोशीले कञ्चन डेभलपमेन्ट बैंक र भार्गव विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्नुभएका जोशीले पछिल्लो समयमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । जोशी संग २३ वर्ष भन्दा लामो अवधिको बैंकिङ अनुभव रहेको संस्थाले जानकारी दिएको छ।