October 21st, 2021

राष्ट्र बैंकद्धारा १० अर्बको रिपो जारी, तत्कालीन तरलता समाधान हुने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको रिपो जारी गरेको छ । कात्तिक ४ गते जारी रिपोले बजारमा देखिएको तरलतालाई सहजीकरण गर्ने छ । राष्ट्र बैंकले ७ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्न सक्ने छन् । एकसाताका लागि रिपोको म्याद कात्तिक ११ गते सकिने छ । तत्कालका लागि बजारमा देखिएको रकम अभाव पूर्तिमा यसले सहयोग गर्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]