October 21st, 2021

१० प्रतिशत भन्दा कम व्याजदरमा अघि बढ्ने वाणिज्य बैंकहरुको सहमति

बैंकिङ खबर । वाणिज्य बैंकहरुले हाललाई संस्थागत मुद्दती निक्षेपमा १० प्रतिशतभन्दा कम ब्याजदर तोक्नेगरी सहमति गरेका छन् । नेपाल बैंकर्स एसोसिएसनले यस्तो सहमति गरेको हो । राष्ट्र बैंकको निर्देशनपछि बाणिज्य बैंकहरुले व्याजदर घटाउन बाध्य भएका हुन् । १० प्रतिशत भन्दा कम व्याजदर तोक्ने सहमति हालका लागि कायम गरिएको जनाइएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्न थालीसकेका छन् । यसअघि वाणिज्य बैंकहरुले व्यक्तिगत र संस्थागत मुद्दतीमा ११ प्रतिशतभन्दा बढी ब्याजदर तोकेका थिए । राष्ट्र बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]