October 20th, 2021

बैंकको ब्याजदर घटाउन गभर्नरलाई ज्ञापनपत्र

बैंकिङ खबर । नेपाल उद्योग परिसंघ प्रदेश १ ले गभर्नरलाई ज्ञापनपत्र बुझाएको छ । बैंकहरूले निक्षेपमा नयाँ ब्याजदर लागू गरी ब्याजका दरहरू वृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ब्याजदरलाई तत्काल सिंगल डिजिटमा झार्न ज्ञापनपत्रमा माग गरिएको छ ।

आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न पनि ठूलो लगानीको आवश्यकता रहेको बेला लगानी नै प्रभावित गर्नेगरी बैंकको ब्याज वृद्धि कुनै हालतमा पनि अनुकूल मान्न नसकिने नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए । अध्यक्ष घिमिरेले विगतमा ब्याज दर सिंगल डिजिटमा राख्नेगरी भएको भद्र्र सहमति तोडिएकोप्रति आपत्ति व्यक्त गरे । आर्थिक उद्दण्डता र अराजकताको प्रस्ट झल्को अहिलेको बैंकहरूको ब्याजदरको वृद्धिले देखिएको भन्दै उनले बैंकहरूको निर्णय आर्थिक तथा औद्योगिक हित विपरीत भएको बताए । परिसंघले ईमेलमार्फत गभर्नरलाई ज्ञापनपत्र पठाउँदै त्यसको बोधार्थ प्रधानमन्त्री कार्यालय, अर्थमन्त्री, उद्योगमन्त्री, मुख्यमन्त्री लगायतलाई समेत दिएको छ ।वस्तु तथा सेवा उत्पादन गर्ने ऊर्जा, पर्यटन, कृषि, शिक्षा जस्ता आधारभूत उद्योगको लगानीमा प्रत्यक्ष असर गर्ने र त्यसको नकारात्मक असर उत्पादन, रोजगारी, आधारभूत सेवा र निकासीमा पर्ने उनको भनाइ छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]