October 19th, 2021

व्याज बढाउने बैंकको केटाकेटीपना -‘आज व्याज धेरै दिन्छु, भोलि त दिन्न’

बैंकिङ खबर । बैंक वित्तले निक्षेप बढाउनका लागि महंगो व्याजदरको घोषणा गरे । सो घोषणासँगै कतिपय बैंकहरुले मानिसलाई धेरै व्याज दिने भन्दै निक्षेप संकलनमा फोर्स गरे । यसरी फोर्स गर्दै गर्दा निक्षेप संकलन पनि बढ्यो । तर महंगो व्याज घोषणा गरेर निक्षेप संकलन गर्दै गर्दा नेपाल राष्ट्र बैंकले व्याजदर बृद्धिमा अंकुश लगायो । यो अंकुश पछि बैंकवित्तहरु पछि हट्न बाध्य भएका छन् । अब निक्षेप संकलन गर्ने बैंकहरुले निक्षेपकर्तालाई के जवाफ दिने ? के बैंकवित्तहरु राष्ट्र बैंकलाई अटेर गरेर अघि बढ्न खोजेका हुन् ? नत्र बैंकहरुको यस्तो कच्चो निर्णयले सर्बसाधारणमा कस्तो सन्देश जाला । बैंकहरुको यो निर्णयले भन्दै छ आज व्याज धेरै दिन्छु भोलि त दिन्न ।

केही बैंकहरुले व्याजदर बढाएर निक्षेप संकलन गरिरहेका बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बृद्धिमा हस्तक्षेप गरेको छ । बैंकहरुले निक्षेपमा दोहोरो अंकको व्याजदर सम्म व्याज बढाएका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ३ बुँदे निर्देशन जारी गरी ब्याजदर बृद्धिलाई रोकेको छ । अब बैंकहरुले ब्याजदर परिवर्तन गर्दा एक महिनाको अन्तरमा १० प्रतिशतभन्दा बढी व्याज बढाउन पाइने छैन ।

ABC-Circular-no-5-1

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]