October 19th, 2021

आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्तलाई गाभ्ने

बैंकिङ खबर । देउराली लघुवित्त वित्तीय संस्था आरम्भ चौतारी लघुवित्तमा गाभिने भएको छ । यसका लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । नेपाल राष्ट्र बैंकले कात्तिक १ गते दिएको अन्तिम स्वीकृति अनुसार दुवै कम्पनीले आआफ्नो साधारण सभाबाट पारित गरे बमोजिम आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्त बीच कायम हुने शेयर स्वाप अनुपात १ शून्य दशमलव ८४ अनुसार शेयर पूँजी मिलान गर्नुपर्ने छ । प्राप्ति पछि कम्पनीले राष्ट्रियस्तरको कार्यक्षेत्र कायम हुने गरी वित्तीय कारोबार गर्न पाउने छ । प्राप्ति पछि कम्पनीको केन्द्रीय कार्यालय काभेपलाञ्चोकको बनेपा नगरपालिका ( १० मा रहने छ । कम्पनीको नाम भने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था रहने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]