October 18th, 2021

नबिल बैंकको डेपुटी सिइओमा मनोज ज्ञवालीको बढुवा

बैंकिङ खबर । मनोजकुमार ज्ञवालीलाई नबिल बैंकले महाप्रबन्धकमा बढुवा गरेको छ। १४ महिनाअघि नबिलको नायव महाप्रबन्धक भएका ज्ञवाली महाप्रबन्धकमा बढुवा भएका हुन्। ज्ञवाली नबिल आउनुअघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। उनी अब डेपुटी सिइओको जिम्मेवारीमा पुगेका छन् । उनीसँगै नविलमा ३ जना डेपुटी सिइओ भएका छन् । सुजित शाक्य र बिनय रेग्मी अहिले डेपुटी सिइओ छन् भने ज्ञवाली बढुवा पछि डेपुटी भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिले ज्ञवालीलाई बढुवा गरेको हो।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]