October 11th, 2021

अमेरीकी डलरको भाउ १ सय २० रुपैयाँ माथि !

बैंकिङ खबर ।  अमेरीकी डलरको भाउले १ सय २२० रुपैयाँ नाघेको । यो भनेको अमेरीकी एक रुपैयाँ प्राप्तिका लागि नेपाली १ सय २० रुपैयाँ भन्दा बढी चाहिन्छ । नेपाल राष्ट्र बैंंकले असोज २२ र २३ का लागि अमेरिकी डलरको भाउ १२० रुपैयाँ २८ पैसा तय गरेको छ। यसअघि २०७८ बैशाख १३ गते १२० रुपैयाँ ३२ पैसासम्म पुगेको थियो। गत बर्ष यो समयमा अमेरीकी एक रुपैयाँ बराबर नेपाली ११६ रुपैयाँ थियो ।

साधारण शब्दमा मुद्रा भन्नाले नगदको रूपमा चलनचल्तीमा रहेको बैंक नोट बुझिन्छ । तर विदेशी विनिमय ऐन २०१९ अनुसार  मुद्रा भन्नाले सबै किसिमको करेन्सी नोट, पोस्टल अर्डर, पोस्टल नोट, मनी अर्डर, चेक, ड्राफ्ट, ट्राभलस चेक, प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, क्रेडिट कार्ड सम्झनुपर्छ र सो शब्दले बैङ्कले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएका अन्य यस्तै प्रकारका मौद्रिक उपकरण समेतलार्ई जनाउँछ ।

हरेक देशले आ-आफ्नो मुद्रा प्रचलनमा ल्याएको छ। कुनै देशले मुद्राको प्रचलन आफ्नो देशमा मात्र सिमित नगरी अन्तर्राष्ट्रिय रूपमा पनि प्रचलनमा ल्याउने गर्दछन\ । बिश्वको कुनै पनि देश सबै क्षेत्रमा आत्मनिर्भर छैन। कुनै देश केहि बस्तु सस्तोमा उत्पादन गर्न सफल हुन्छ भने त्यही बस्तु अन्य देशहरुलाई उत्पदन गर्न महंगो परीरहेको हुन सक्छ । यस्तो अवस्थामा  सस्तोमा सामान उत्पादन गर्ने देशले अन्य देशहरुलाई सामन निर्यात गर्दछ र अन्य देशमा सस्तोमा उत्पादन भएको सामानहरु आयात गर्ने गर्दछ । यसरी नै विश्वको अर्थतन्त्र चलीरहेको छ तर यसरी सामान निर्यात, आयात गर्दा विनिमय निती लागु गरिन्छ । विनिमय नीति एकअर्का देशबीच मुद्रा साटासाटसँग सम्बन्धित हुन्छ। हाल नेपालमा विदेशी विनिमय ऐन २०१९ लागु भइरहेको छ


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]