October 9th, 2021

सहकारीले कम्पनी खोलेर लगानी गर्न पाउने नीति बन्दै

बैंकिङ खबर । सरकारले सहकारीले कम्पनी खोल्न पाउने नीति तर्जुमा गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सहकारीहरूले कम्पनी खोलेर पूँजी लगानी गर्न पाउने नीतिको तयारी भएको बताए । उनले यो नीति छिट्टै कार्यान्वयनमा आउने बताए । अर्थमन्त्री शर्माले सहकारीहरूले लगानी गर्न नपाउने स्थिति भएको गुनासाका आधारमा कम्पनीको व्यवस्था गर्न लागिएको बताए। ‘अब जनतासँग भएको पैसा सहकारीहरूले संकलन गरेर लगानी गर्न पाउँछन्। उनले भने – यसलाई छिटो कार्यान्वयनको बाटोमा लैजानुपर्छ। ’ सरकारको पूँजी बृद्धिमा यसले महत्व राख्ने मन्त्री शर्माले बताए । सर्वसाधारणको पूँजीलाई केन्द्रिकृत गरी लगानी गर्ने वातावरण निर्माण गर्न आफू लागि परेको बताउँदै उनले उत्पादनमूलक क्षेत्रमा त्यो पैसा लगानी गर्नुपर्ने बताउ । सहकारीले अधिकांश लगानी अनुत्पादक क्षेत्रमा लगाएको भन्दै उनले त्यो लगानी अब उत्पादनमूलक क्षेत्रमा लगाएर समग्र मुलुकको विकास गर्नुपर्नेमा जोड दिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]