Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तरलता र ब्याजदरप्रति चनाखो हुन राष्ट्र बैंकलाई अनुरोध

२०७८ आश्विन २२ गते

बैंकिङ खबर । तरलता र ब्याजदरको अबस्थाप्रति नेपाल उद्योग परिसंघ (सीएनआई)ले सरकार र राष्ट्र बैंकलाई चनाखो हुन अनुरोध गरेको छ । उसले तत्काल सहि कदम नचाले समस्या बढ्नसक्ने भन्दै चिन्दा प्रकट गरेको छ । अहिले सरकारी निक्षेपको ५० प्रतिशतमात्र कर्जा–निक्षेप अनुपातमा गणना गर्न पाइने व्यवस्था छ । यसलाई शतप्रतिशत गणना गर्न पाउने व्यवस्था गर्दा ठूलो रकम लगानी योग्य हुने र तरलताको समस्या कम हुने परिसंघले जनाएको छ । एक विज्ञप्ति मार्फत परिसंघले सीडीलाई ९० प्रतिशत कायम गर्दा उत्पन्न भएको समस्या भन्दै आगामी पुससम्ममा ९५ प्रतिशत कायम गर्नुपर्ने जनाएको छ। परिसंघले हालको अबस्थाले व्याजदर बृद्धि हुने भन्दै चिन्ता जनाएको हो ।

Ad