Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

घोडाघोडी लघुवित्त युनिक नेपाल लघुवित्तमा गाभिने

२०७८ आश्विन १७ गते

बैंकिङ खबर । लघुवित्त मर्जर तथा गाभिने सृङ्खलामा घोडाघोडी लघुवित्त वित्तीय संस्था पनि गाभिने भएको छ । उक्त संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्थामा गाभिन लागेको हो । असोज १६ गते शनिबार सम्पन्न घोडाघोडी लघुवित्तको पहिलो विशेष साधारण सभाले सो निर्णय गरेको संस्थाले जनाएको छ । पछिल्लो समय लघुवित्तहरु मर्जर हुने क्रम बढेको छ । लघुवित्तहरुको संख्या घटाउनेगरी थप लाइसेन्स बन्द गर्नुका साथै लघुवित्तको संख्या करिव ३ दर्जनमा झार्ने राष्ट्र बैंकको रणनीति रहेको छ । हाल नेपालमा करिव ७० लघुवित्त वित्तीय संस्थाहरु सक्रिय छन् ।