September 30th, 2021

गरिबीबाटै अर्वपति बनेका विश्वका नमुना व्यक्तिहरु (अनुकरणीय कथा)

बैंकिङ खबर । सबै अर्बपतिहरु धनी परिवारमा जन्मेर सुखसयला हुर्केका हुँदैनन् । संसारमा यस्ता थुप्रै धनाढ्यहरु छन्, जसको बाल्यकाल गरिबीमा बित्यो । गरिबीसँग लड्दै आफ्नो जीवनस्तर उकासेर हाल अर्वपति बनेका यस्ता व्यक्तिहरु विश्वमै उदाहरणीय छन् । उनीहरुको संघर्षको कथा अनुशरणीय छन् । केही यस्तै अनुशरणीय व्यक्तिहरुको बारेमा यहाँ चर्चा गरिन्छः

ल्यारी एलिसन
सफ्वेयर डेभलपमेन्ट कम्पनी ओर्याकलका संस्थापक ल्यारी एलिसन एकल आमाका सन्तान हुन् । सिकागोमा अंकल र आन्टीसँग बसेर पढाइइ गरिरहेका एलिसनको आन्टीको मृत्युपछि पढाई छुट्यो । त्यसपछि आठ वर्ष उनले जे हातमा आउँछ त्यही काम गरेर जीवन चलाए । १९७७ मा ओर्याकलको स्थापना गरेपछि उनले पछाडी फर्केर हेर्नुपरेको छैन । उनीसँग ६०.२ विलियन डलर बरारबरको सम्पत्ति रहेको छ ।

सेल्डन एडेल्सन
ट्याक्सी चालकका छोरा सेल्डन एडेल्सनको जीवनको थुप्रै वर्ष भुईँमा सुतेर वित्यो । १२ वर्षको उमेरदेखि नै उनले पत्रिका बेच्ने काम सुरु गरे । पछि कलेजबाट निकालिएपछि उनले मेसिन बेच्ने, पत्रिकाको विज्ञापन बेच्ने, ससाना विजनेसमा लगानी गर्ने, व्यापारिक शोहरु होस्ट गर्ने लगायतका कामहरु गर्दै गए । आर्थिक मन्दीको समयमा एकैपटकमा उनको सबै कमाई गुम्यो । तर, उनले हार मानेनन् । त्यसको केही समयमा नै उनले त्यसको दोब्बर कमाई गरे । अहिले उनी लस भेगस स्यान्ड्स नामक संसारकै सबैभन्दा ठूलो क्यासिनो कम्पनी चलाउँछन् । उनको कुल सम्पत्ति ३८.१ विलियन बराबर रहेको छ ।

लि का-शिङ
१५ वर्षको उमेर पिता गुमाएपछि लि का-शिङले परिवारको जीवीका चलाउनका लागि पढाई छोड्नुपर्यो । परिवारको जिम्मेवारी बोधले उनलाई हौसला दियो । १९५० मा उनले च्युङ कङ इन्डस्ट्रीजको नामबाट आफ्नै कम्पनी खोले । यो कम्पनी पहिले प्लाष्टिक उत्पादन गर्ने काम गथ्र्यो । अहिले यो कम्पनी रियल स्टेट विजनेसका लागि प्रख्यात छ । लि का शिङ अहिले ३३.१ विलियन अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक भइसकेका छन् ।

फ्रान्सिस पिनल्ट
हाल फेसन कम्पनी केरिङका अध्यक्ष एवम् ३२.७ विलियन डलर बराबरको सम्पत्तिका मालिक फ्रान्सिस पिनल्टको बाल्यकाल गरिबीमा वित्यो । गरिबीका कारण हेपिँदा उनी बढाई नै छोड्न बाध्य भए । अहिले उनी विजनेस गर्ने तरिकाका लागि प्रख्यात छन् । मार्केट प्राइस घटेको समयमा ससाना कम्पनी खरिद गर्ने र त्यसलाई विस्तार गर्ने उनको स्ट्राटिजी रहँदै आएको छ । यसै क्रममा उनले पीपीआर कम्पनी सुरु गरे, जसले गुची, स्टेला, लरेन्ट जस्ता चर्चित ब्राण्डको स्थापना गर्यो । अहिले नउी संसारकै सबैभन्दा ठूलो आर्ट विजनेस क्रिष्टिजका समेत मालिक भएका छन् ।

लियोनार्दो डेल भेस्सियो
विधवा आमाले पाँचै सन्तानलाई पाल्न नसक्ने भएपछि लियोनार्दो डेल भेस्सियोलाई अनाथालयमा पठाइयो । अनाथालयमा हुर्केका उनले चस्माको फ्रेम र गाडीका पार्टपुर्जा बनाउने फ्याक्ट्रीबाट काम सुरु गरेका थिए । सोही फ्याक्ट्रीमा काम गरेको अनुभवबाट २३ वर्षको उमेरमा उनले आफ्नै मोल्डिङ पसल खोले । सोही पसललाई विस्तार गरेर उनले संसारकै सबैभन्दा ठूलो चस्मा ब्राण्ड रेबन र ओकले बनाए । अहिले उनी २३.५ विलियन बराबरको सम्पत्तिका मालिक भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]