September 20th, 2021

अन्तर-बैंक भुक्तानी प्रणालीमा बृद्धि : दिउँसो ३ बजेसम्म चेक क्लियरिङ हुने

बैंकिङ खबर । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड एनसिएचलबाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणालीको उपयोगिता बृद्घि भइरहेको अवस्थामा यस प्रणालीमार्पmत गरिने बैकका ग्राहकहरुको कारोबार, नेपाल सरकार, पूँजीबजार, अर्ध सरकारी संस्थाहरुलगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा समय तालिका बृद्धि गरिएको छ ।

सोही व्यवस्थाअनुसार प्रणालीमा बिहानको ९ः०० बजेदेखि दिनको ३ः०० बजेसम्म (आईतबार देखि बिहिबारसम्म नेपाली मुद्रा, र सोमबारदेखि बिहीबारसम्म वैदेशिक मुद्रा प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमानै फर्छौट हुने व्यवस्था आश्विन ४ गतेदेखि लागु भएको छ । यस अघि बिहानको १०ः०० बजे देखि दिनको १ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने गरेको थियो ।

उक्त समय सीमा बृद्धि पछि प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छौट हुने व्यवस्था यथावत् रहने छ । त्यसैगरी दिनको ३ः३० बजेसम्म प्राप्त भएका बैकको आफ्नो ट्रेजरी पेमेन्टसम्बन्धी भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने छन् । शुक्रबारको दिन १२ः३० बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु पनि सोही दिनमा फर्छौट हुने व्यवस्था मिलाइएको एनसिएचएलले जनाएको छ । हाल नगद तथा कागजमा आधारित भुक्तानीहरु भन्दा डिजिटल भुक्तानीको लोकप्रियता बढे सँगै बृद्धी भएको समय सीमाले ग्राहकहरुलाई थप सुविधा हुने विश्वास गरिएको छ । तलब भत्ता, केन्द्रिय तथा स्थानीय सरकारी भुक्तानीहरु सप्लायर / पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्स्फर, डिभिडेण्ड लगायतका विभिन्न भुक्तानीहरु नगद वा चेक बिना सिधै खाताबाटै रकमान्तर गर्न सकिन्छ । हाल यस प्रणालीमा ५९ बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । यस प्रणाली मार्फत प्रति कारोबार रु २० करोड सम्मको भुक्तानी गर्न सकिन्छ भने सरकारी भुक्तानी रु ३० करोड सम्म, ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी रु ५० करोडसम्म र सरकारी भुक्तानी रु २ अर्ब सम्म गर्न सकिन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]