बालदिवसमा प्रभु क्यापिटलले ल्यायो प्रभु लिटल च्याम्प (एएमएस) योजना


Bankingkhabar /September 14, 2021

बैंकिङ खबर । नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले आफ्नो प्रोडक्ट तथा सेवाहरुलाई निरन्तर ग्राहकहरुको अपेक्षा अनुरुप विस्तार गर्दै लगिरहेको छ ।विभिन्न सेवा तथा प्रडक्टमध्ये प्रभुले प्रदान गर्ने एक प्रमुख सेवा लगानी व्यवस्थापन सेवा हो । यस अन्तर्गत हाल महिला लगानीकर्ताहरुलाई मात्रै लक्षित गरेर यसपालीको तिजको अवसरमा प्रभु ऐश्वर्य पिएमएस योजनाको शुरुवात गरिएको थियो भने सबै प्रकारका लगानीकर्ताहरुको लागि प्रभु स्मार्ट पिएमस योजना सञ्चालनमा रहेको यहाँहरु सबैलाई थाहा नै छ । प्रभु क्यापिटलले २०७८ भाद्र २९ गते बालदिवसको अवसर पारेर स–साना नानीबाबुहरुलाई लक्षित गरेर उनीहरुको लागि “PRABHU LITTLE CHAMP PMS”  योजनाको शुरुवात गरेको छ । यो योजना अन्तर्गत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोरा/छोरीहरुको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहनुहुने सेवाग्राहीहरुलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्नेछ ।

यो योजनामा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिएपश्चात क्यापिटलले एउटा पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने छ । प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागतरुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुवात गरेको यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्वल भविष्यलाई लक्षित गर्दै यो लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा सहयोगी बन्न सक्नुहुनेछ । ‘हजुरको छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारा सहित सञ्चालन गरिने यो योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्नेछ ।

यो योजनाका विशेषताहरु निम्नानुसार रहेको छ :
0 न्यूनतम लगानी अवधिः ५ वर्ष
0 हर्डल रेटः ८ प्रतिशत
0 वार्षिक व्यवस्थापन शुल्क (एएमसी): २ प्रतिशत
0 मुनाफामा लाग्ने शुल्कः २० प्रतिशत
0 लक इन अवधिः ५ वर्ष
0 लक इन अवधि अगावै योजना बन्द शुल्कः ३ प्रतिशत
0 नाफा वितरणः न्यूनतम लगानी अवधि पश्चात
0 गरीब तथा पिछडिएका बालबालिकालाई १ वर्षको लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले स्पोन्सर गर्नेछ ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यो योजनामा सहभागी हुन सक्नुहुनेछ । यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको छ । यो सेवाको बारेमा थप जानकारी लिन चाहनुहुने सेवाग्राहीले प्रभु क्यापिटलको वेवसाइट https://www.prabhucapital.com  का साथै फोन नं. ०१–५९७०२०० तथा मोबाइल ९८४००७६२०० मा सम्पर्क गर्न सकिनेछ ।


सोसिअल मेडिया