अध्ययन प्रतिवेदनमा व्यबसायी भन्छन् – सहुलीयत कर्जा पारदर्शी रुपमा देउ


Bankingkhabar /September 14, 2021

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सबैजसो प्रदेशको आर्थिक अध्ययन प्रतिवेदन तयार गरेको छ । जस अन्तरगत केही प्रदेशको प्रतिवेदन सार्वजनिक भएको छ भने केहीको बाँकी छ । प्रतिवेदन अनुसार कोभिडका कारण पर्यटकीय व्यबसाय अत्याधिक मारमा परेका छन् । सबैभन्दा धेरै पर्यटकीय व्यबसायमा निर्भर गण्डकी प्रदेशका व्यबसाय अत्याधिक प्रावित छन् । जसमा अधिकाँस व्यबसायीहरुले सुलव कर्जा माग गरेका छन् । प्रस्तुत छ अध्ययन प्रतिवेदनमा उल्लेख मुख्य बुँदाहरु : 

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (पहिलो लहर) को कारण नेपालमा पनि आर्थिक क्रियाकलापहरु प्रभावित हुन पुगे । संक्रमण दर नियन्त्रण गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै गरिएको बन्दाबन्दी तथा पर्यटकहरुको आवतजावतमा लगाइएको प्रतिबन्धका कारण पर्यटकीय गतिविधि लगभग ठप्प रहयो । नेपालमा २०७६ चैत ११ देखि शुरु भएको बन्दाबन्दी २०७७ साउन ६ देखि खुकुलो गर्दै लगिएको भएता पनि आधारभूत बाहेकका अन्य आर्थिक क्रियाकलापहरु पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैनन् ।

१. कोभिड १९ का कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको देखिएको छ । बन्दाबन्दीका कारण आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतले ऋणात्मक रहन गयो भने आर्थिक वर्ष २०७७/७८ मा आर्थिक बृद्धिदर ४ प्रतिशतमा सीमित हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान छ ।

२. यस बैंकले कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पारेको असरबारे नियमित रुपमा अध्ययन गरिरहेको छ । बैंकको आर्थिक अनुसन्धान विभागले कोभिड–१९ ले समग्र अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी सर्वेक्षण तथा सोको दुईवटा पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरेको छ । उक्त अध्ययनले प्रदेशगत रुपमा कोभिड–१९ लेपर्यटन क्षेत्रमा पारेको प्रभावलाई समेटेको देखिंदैन । मुलुकको पर्यटकीय गन्तव्यको रुपमा चिनिएको गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा के कस्तो प्रभाव प¥यो भन्ने विषयमा विस्तृत अध्ययन गर्न सान्दर्भिक देखिएको हुँदा गण्डकी प्रदेशमा कोभिड–१९ (पहिलो लहर) ले पारेको प्रभाव सम्वन्धी सूक्ष्म अध्ययन गरी यो प्रतिवेदन तयार गरिएको छ ।

. यस अध्ययनको प्रमुख उद्देश्य कोभिड—१९ (पहिलो लहर) का कारण गरिएको बन्दाबन्दीले गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा पारेको आर्थिक प्रभाव अध्ययन गरी यस क्षेत्रको पुनरुत्थानको लागि आवश्यक सुझावहरु पेश गर्ने रहेको छ । यसका साथै अध्ययनले कोभिड—१९ ले गण्डकी प्रदेशको पर्यटन व्यवसायमा पु¥याएको आर्थिक प्रभावको आकलन गर्ने, बन्दाबन्दी अघि, बन्दाबन्दी अवधिमा तथा बन्दाबन्दी पश्चात पर्यटन व्यवसायको सञ्चालन अवस्था पहिचान गर्ने तथा पर्यटन व्यवसायको पुनरुत्थानको लागि सुझावहरु पेश गर्ने उद्देश्यहरु राखेको छ ।

४. अध्ययनमा तथ्याङ्कको स्रोत प्राथमिक तथा द्वितीयक दुवैको प्रयोग गरिएको छ । प्राथमिक तथ्याङ्कको लागि यस प्रदेश अन्तर्गतका ७ वटा जिल्लाहरु र द्वितीयक तथ्याङ्कको रुपमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र पर्यटन कार्यालयहरुबाट प्रकाशित प्रतिवेदन, स्वदेशी÷विदेशी अध्ययन एवम्लेख, रचनाहरुबाट आवश्यक जानकारीहरु संकलन गरिएको छ ।

५. अध्ययनमा गण्डकी प्रदेश अन्तर्गत रहेका पर्यटन क्षेत्रसँग सम्वन्धित ३५६ व्यवसायीहरुको सहभागिता रहेको छ । सहभागीहरुमध्ये १८५ होटल तथा रिसोर्ट, २५ रेष्टुरेण्ट तथा बार, २५ ट्रेकिङ्ग एजेन्सी, ३० साहसिक पर्यटन, ३७ टुर्स एण्ड ट्राभल्स र ५४ होम–स्टे व्यवसाय रहेका छन्।

६. सर्वेक्षणमा सहभागी पर्यटन व्यवसायीहरु मध्ये बन्दाबन्दी अवधिमा ९७.९ प्रतिशत व्यवसाय पूर्णरुपमा बन्द भएकोमा बन्दाबन्दी पश्चात सो संख्या १३.२ प्रतिशतमा झरेको पाइएको छ । बन्दाबन्दी अवधिमा १.८ प्रतिशत व्यवसायहरु आंशिक रुपमा सञ्चालन भएकोमा बन्दाबन्दी पश्चात यस्तोसंख्या ८५.४ प्रतिशत पुगेको छ । सर्वेक्षणमा उद्यम/व्यवसाय औसतमा २३२ दिन पूर्णरुपमा बन्द रहेको पाइएको छ ।

७. सर्वेक्षणमा संलग्न पर्यटन व्यवसायमा बन्दाबन्दीको कारणले ५३.०१ प्रतिशत कर्मचारी÷कामदारले रोजगारी गुमाएको पाइएको छ । यसरी रोजगारी गुमाउनेमा अस्थायी÷ज्यालादारी कर्मचारीको प्रतिशत ८९.५ रहेको छ । बन्दाबन्दी अवधिमा सामान्य समयको तुलनामा १९.४ प्रतिशत मात्र कर्मचारी÷कामदार कार्यरत रहेकोमा बन्दाबन्दी पश्चात सुधार भई यस्तो संख्या ४६.९९ प्रतिशत पुगेको छ । बन्दाबन्दी अवधिमा १३.६ प्रतिशत र बन्दाबन्दी पश्चात १४.७ प्रतिशत व्यवयसायले कर्मचारीलाई रोजगारीबाट हटाएको पाइएको छ ।

८. बन्दाबन्दी अवधिमा सर्वेक्षणमा संलग्न पर्यटन व्यवसायहरुमा कर्मचारी÷कामदारको तलब सुविधा औसतमा ५७.३ प्रतिशतले कटौती गरेको पाइएको छ । बन्दाबन्दी पश्चात सामान्य समयको तुलनामा ६३.६ प्रतिशत तलब सुविधा दिएको पाइएकोछ ।

९. बन्दाबन्दी शुरु भएदेखि सर्वेक्षण अवधिसम्ममा सर्वेक्षणमा संलग्न व्यवसायीहरुमध्ये सर्वाधिक ३३.६ प्रतिशत व्यवसायले रु. १० लाखदेखि २० लाखसम्म गुमाएको पाइएको छ । सबैभन्दा धेरै आम्दानी (रु.१ करोड भन्दा बढी) गुमाउने व्यवसायीहरु ६.१ प्रतिशत र सबैभन्दा कम (रु.३ लाखसम्म) गुमाउने व्यवसायीहरु ३.९ प्रतिशत रहेको पाइएको छ । सर्वेक्षणमा रु.५० लाखसम्म आम्दानी गुमाउने व्यवसायीहरुको संख्या ८१.८ प्रतिशत रहेको पाइएको छ ।

१०. बन्दाबन्दी पछि व्यवसाय सञ्चालनका लागि सर्वाधिक ३६.५ प्रतिशतले आफ्नै स्वपूँजी उपयोग गरेर आवश्यक वित्तीय साधनको जोहो गर्ने बताएका छन् । सर्वेक्षणमा २८.३ प्रतिशतले बैंक वित्तीय संस्थाबाट ऋण लिने, १९.७ प्रतिशतले साथीभाइबाट सापटी लिने तथा ७.५ प्रतिशतले सहकारीबाट ऋण लिने सोच बनाएको देखिन्छ ।

११. सर्वेक्षणमा ५६.४ प्रतिशत पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको र सोमध्ये ७०.९ प्रतिशतले २ प्रतिशत ब्याज छुट सुविधा पाएको देखिएको छ । बाँकी २९.१ प्रतिशत पर्यटन व्यवसायीले सो सुविधा उपभोग गर्न नपाएको बताएका छन्।

१२. सर्वेक्षणमा ३९.९ प्रतिशत व्यवसायले आ.व. २०७७/०७८ को मौद्रिक नीतिमार्फत प्रदान गरिएका सुविधा नपाएको देखिएको छ । सर्वेक्षणमा सर्वाधिक ३०.४ प्रतिशत व्यवसायले पुनरकर्जा सुविधा र २४.७ प्रतिशतले कर्जा भुक्तानी अवधिको म्याद थप सुविधा उपयोग गरेको देखिएको छ । त्यस्तै, ८.२ प्रतिशतले चालु पूँजी कर्जा सुविधा, ६.३ प्रतिशतले ग्रेस अवधि थप गर्ने सुविधा र १.९ प्रतिशतले कर्जाको पुनरतालिकीकरण÷पुनरसंरचना सुविधा उपयोग गरेको पाइएको छ ।

१३. बन्दाबन्दी अघि पर्यटन व्यवसायबाट सेवा लिने स्वदेशी पर्यटक ४५.६ प्रतिशत रहेकोमा बन्दाबन्दी पश्चात ९७.८ प्रतिशत रहेको पाइएको छ । सोही अनुरुप बन्दाबन्दी अघि व्यवसायबाट सेवा लिने विदेशी पर्यटक ५४.४ प्रतिशत रहेकोमा बन्दाबन्दी पश्चात २.२ प्रतिशत मात्र रहेको पाइएको छ ।

१४. सर्वेक्षणमा पर्यटन व्यवसायीहरुले आफ्नो व्यवसाय सामान्य अवस्थामा फर्कन २ वर्ष लाग्ने अनुमान गरेका छन् । सर्वेक्षणमा संलग्न होम–स्टेहरुले व्यवसाय सामान्य अवस्थामा फर्कन औसतमा १.५ वर्ष लाग्ने बताएका छन्।

१५. सर्वेक्षणमा संलग्न व्यवसायहरुमध्ये सर्वाधिक ८३.९ प्रतिशतले अहिलेको व्यवसायलाई निरन्तरता दिने बताएका छन् । बन्दाबन्दी रहीरहे सर्वेक्षणमा ४.६ प्रतिशत पर्यटन व्यवसायीले नयाँ व्यवसाय च सुरु गर्ने, ३.२ प्रतिशतले व्यवसाय बिक्री गर्ने तथा २.९ प्रतिशतले हालको व्यवसाय बन्द गर्ने बताएका छन्।

१६. बन्दाबन्दी अवधिमा होम–स्टे व्यवसाय पूर्णरुपमा बन्द भएको पाइएको छ । बन्दाबन्दी पश्चात ७७.८ प्रतिशत होम–स्टे आंशिक रुपमा र ५.६ प्रतिशत पूर्णरुपमा सञ्चालन भएको पाइएको छ भने १६.७ प्रतिशत पूर्णरुपमा बन्द भएको देखिएको छ । बन्दाबन्दी पश्चात् आंशिक रुपमा सञ्चालन भएका होम–स्टेहरुमा सामान्य समयको तुलनामा औसतमा २८.१ प्रतिशत अकुपेन्सी हुने गरेको पाइएको छ ।

१७. बन्दाबन्दी शुरु भएदेखि सर्वेक्षण अवधिसम्म होम–स्टे व्यवसायबाट सर्वाधिक ३५.२ प्रतिशतले रु.२ लाखदेखि ४ लाखसम्म आम्दानी गुमाएको पाइएको छ । सर्वेक्षणमा सबैभन्दा कम घ.ठ प्रतिशतले रु. ट लाख भन्दा माथि आम्दानी गूमाएको पाइएको ५ ।

१८. सर्वेक्षणमा संलग्न होम–स्टेमध्ये करिब १३ प्रतिशत होम–स्टेले बैंक÷वित्तीय संस्थाहरुबाट ऋण लिएको र उक्त ऋणीहरु मध्ये ५७.१ प्रतिशतले २ प्रतिशत ब्याज छुट सुविधा पाएको बताएका छन् । सर्वेक्षणमा संलग्न होम–स्टे मध्ये ६३ प्रतिशत होम–स्टेले बन्दाबन्दी अवधिमा सरकारबाट कुनै किसिमका आर्थिक सुविधाहरु नपाएको बताएका छन्।

१९. सर्वेक्षणमा संलग्न ५४ होम–स्टे घरपरिवार मध्ये ५३.७ प्रतिशत घरपरिवारले अहिलेको व्यवसायलाई निरन्तरता दिने बताएका छन् । व्यवसायको आकार बढाएर सञ्चालन गर्ने योजना बनाउने होम–स्टेहरुको संख्या ४६.३ प्रतिशत रहेको पाइएको छ ।

२०. बन्दाबन्दी अवधिमा अधिकांश पर्यटन व्यवसायीले आम्दानीको मुख्य स्रोत गुमेको, कर्मचारी व्यवस्थापनमा समस्या रहेको, चालु पुँजीका लागि स्रोत अभाव भएको तथा कर्जाको सावाँ ब्याज समयमा बुझाउन कठिनाई भएको बताएका छन् । त्यसैगरी, व्यवसाय निरन्तरताको लागि चल/अचल सम्पत्ति बिक्री गर्नु परेको एवम्पर्यटन व्यवसायमा गरिएको लगानीको सुरक्षा नभएको जस्ता अन्य समस्याहरु रहेको उल्लेख गरेका छन्।

२१. बन्दाबन्दी अवधिमा अधिकांश होम–स्टे व्यवसायले कर्जाको व्याज तिर्न कठिनाई भएको तथा आम्दानी गुमेकोले घरव्यवहार चलाउन कठिन भएको बताएका छन् । त्यस्तै, व्यवसायीहरुले अन्य स्थानीय उत्पादन बिक्री गर्न नपाउँदा उत्पादन खेर गई आय आर्जनको बाटो गुमेको, यस प्रकारको महामारी निरन्तर रहेमा संस्कृति पनि लोप हुनसक्ने चिन्ता रहेको जस्ता समस्याहरु बताएका छन्।

२२. सर्वेक्षणमा सहभागी अधिकांश पर्यटन व्यवसायीले पर्यटन क्षेत्रका लागि सहुलियत ब्याजमा ऋणको व्यवस्था तथा किस्ता तिर्ने म्याद थप गर्नुपर्ने माग गरेका छन् । त्यस्तै, व्यवसायीहरुले आयकरमा सहुलियत, आन्तरिक पर्यटन प्रवद्र्घन, सर्वसाधारण जनतामा खोपको सहज आपूर्ति जस्ता सुविधाहरुको अपेक्षा गरेको देखिएको छ ।

२३. सर्वेक्षणमा अधिकांश होम–स्टे व्यवसायीहरुले आफ्नो व्यवसायलाई जोगाई राख्न सहुलियत दरमा कर्जा पाउनु पर्ने, कर्जाको साँवा र ब्याज तिर्ने अवधि थप गरिनु पर्ने, आन्तरिक पर्यटन छ बढाउनका लागि छुट्टै प्याकेजको व्यवस्था गरिनु पर्ने बताएका छन् । त्यस्तै, पर्यटक आवागमनमा सहजताका लागि पूर्वाधार (पैदलमार्ग, इन्टरनेटको पहुँच) विस्तार गरिनुपर्ने, अतिथि सत्कारसम्वन्धी तालिम दिनुपर्ने, हस्तकला आदिको तालिम उपलव्ध गराई पर्यटकलाई आकर्षण गर्नसक्ने खालका सामाग्री उत्पादनको तालिम उपलव्ध गराउनु पर्ने एवम् यस्तै अन्य स्वरोजगार वृद्धि हुने खालका कार्यक्रमहरु ल्याउनुपर्ने जस्ता सुझावहरु दिएका छन् ।


सोसिअल मेडिया