गण्डकी प्रदेशको आर्थिक प्रतिवेदन : पर्यटन क्षेत्रमा ठुलो धक्का, कैयौं लगानी जोखिममा !


Bankingkhabar /September 13, 2021

बैंकिङ खबर । कोभिड–१९ को पहिलो लहरको महामारीेका कारण विश्वले मानवीय एवम्आर्थिक क्षति व्यहोर्नु परेको छ । कोभिड १९ का कारण विश्व अर्थतन्त्र सन् २०२० मा ३.२ प्रतिशतले संकुचन भएकोअन्तर्राष्ट्रिय मुदा कोषलेजनाएको छ । कोभिड १९ को महामारीबाट विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि प्रभावित भएको छ । उक्त महामारीबाट जनधनको क्षती न्यूनीकरण गर्न नेपाल सरकारले २०७६ चैत्र ११ देखि २०७७ असार मसान्तसम्म मुलुकभर बन्दाबन्दी÷निषेधाज्ञा जारी गरेको थियो । उक्त अवधिभर आधारभूत क्रियाकलापहरु बाहेक अन्य सबै आर्थिक क्रियाकलापहरु ठप्प रहन पुग्यो । परिमाणस्वरुप, आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतले ऋणात्मक रहन गयो । कोभिड–१९ को पहिलो लहर अन्त्य हुन नपाउँदै शुरु भएको दोस्रो लहरले अर्थतन्त्रमा कति नकारात्मक प्रभाव पार्ने हो अहिले नै एकिन गर्न कठिन हुने देखिन्छ । कोभिड १९ को महामारीसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै पर्यटकहरुको आवागमनमा लगाइएका बन्देजले नेपालको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको देखिन्छ । मुलुककै सबैभन्दा बढी पर्यटकीय गतिविधि हुने गण्डकी प्रदेशमा कोभिड १९ ले अझ बढी असर पु¥याएको अनुमान छ । यसैक्रममा, कोभिड—१९ (पहिलो लहर) का कारण गरिएको बन्दाबन्दीले गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा पारेको आर्थिक प्रभाव अध्ययन गरी यस क्षेत्रको पुनरुत्थानको लागि आवश्यक सुझावहरु पेश गर्ने उद्देश्यले यो अध्ययन गरिएको छ । यो अध्ययनमा पर्यटकीय स्थल, पर्यटन व्यवसायको घनत्व तथा पर्यटक आगमनको आधारमा प्रदेशका ११ जिल्लाहरुमध्ये कास्की, म्याग्दी, मुस्ताङ्ग, तनहुँ, लमजुङ्ग, मनाङ्ग र नवलरासी गरी ७ जिल्ला नमुनाको रुपमा छनौट गरिएको छ । अध्ययनमा कोभिड–१९ (पहिलो लहर) पछि दोस्रो लहर आउनु अघिसम्मको अवधिमा पर्यटन क्षेत्रको आम्दानी तथा रोजगारीमा पुगेको असरलाई समष्टिगत रुपमा अध्ययन गरिएको छ । अध्ययनमा होटल तथा रिसोर्ट, रेष्टुरेण्ट तथा बार, साहसिक पर्यटन, टुर्स तथा ट्राभल्स एजेन्सी, ट्रेकिङ एजेन्सी र होम–स्टेका ३५६ व्यवसायीहरुको स्थलगत सर्वेक्षण गरिएको छ । बन्दाबन्दी अवधिमा सर्वेक्षणमा संलग्न अधिकांश पर्यटन व्यवसायहरु पूर्ण रुपमा बन्द भएको पाइएको छ । सो अवधिमा ५३.१ प्रतिशत कर्मचारी/कामदारको रोजगारी कटौती भएको र रोजगारी कटौती हुनेमा अस्थायी/ ज्यालादारी कामदारको हिस्सा ८९.५ प्रतिशत रहेको पाइएको छ । बन्दाबन्दी अवधिमा कर्मचारी÷कामदारको तलब सुविधा औसतमा ५७.३ प्रतिशतले कटौती भएको पाइएको छ ।

Covid-Impact-Final-Special-Study-Report (1)

सोसिअल मेडिया