September 10th, 2021

कोरोनाले रोजगारी गुमाएका ५ लाखलाई १० हजार रुपैयाँ नगद अनुदान दिइने

बैंकिङ खबर । सरकारले कोरोना महामारीमा रोजगारी गुमाएका ५ लाख घर परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ नगद अनुदान दिने घोषणा गरेको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा उल्लेख गरिए अनुसार उक्त नगद अनुदान यही असोज मसान्तभित्र वितरण गरिने छ । ‘कोभिडबाट रोजगारी गुमाएका अतिविपन्न गरिब ५ लाख परिवारलाई राहतस्वरुप प्रतिघर परिवार १० हजार रुपैयाँका दरले नगद अनुदान प्रदान गरिने छ । यस्तो अनुदान रकम स्थानीय तहको समन्वयमा ०७८ असोज मसान्तभित्र हस्तान्तरण गर्ने गरी आवश्यक तयारी गरिएको उल्लेख छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]