September 10th, 2021

अधिकाँस सहकारीले निक्षेपमा मात्रै व्याज घटाए, कर्जामा व्याज घटाएनन्

बैंकिङ खबर । सहकारी संस्थाहरुले निक्षेपमा व्याजदर घटाएको धेरै समय भयो । अहिले अधिकाँस सहकारीले निक्षेपमा ६ प्रतिशत सम्म व्याजदर तोकेका छन् । तर कर्जामा भने १४ दशमलव ७५ प्रतिशत छ । कर्जाको यो व्याजदर अधिकतम व्याजदर हो ।

नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरुको ब्याजदर परिवर्तन गर्न आग्रह गरे पनि सहकारी क्षेत्रले व्याजदर घटाएको छैन । बजारमा कर्जाको ब्याजदर घटेको भन्दै सहकारी संस्थाहरुको पनि ब्याजदर घटाउन राष्ट्र बैंकले सुझाव दिएको हो । सहकारी क्षेत्रको व्याजदर नयाँ सन्दर्भ ब्याजदर निर्धारण गर्न सहकारी विभागले कार्यदलसमेत गठन गरेको छ । सहकारी विभागले २०७६ साउन १९ गतेदेखि लागु हुने गरी पहिलो पटक ऋणको अधिकतम् ब्याजदर १६ प्रतिशत निर्धारण गरेको थियो । विभागले ‘सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समिति’ गठन गरी दोस्रो पटक २०७७ कार्तिक १५ गतेदेखि सहकारी संस्थाहरुले दिने कर्जाको ब्याजदर समायोजन गरेको थियो । त्यसयता संस्थाहरुले बचतमा दिने ब्याजदरमा ६ प्रतिशत स्प्रेड राखेर कर्जामा अधिकातम १४.७५ प्रतिशतसम्म ब्याजदर लिन पाउँछन् । छलफलका राष्ट्र बैंकको प्रतिनिधिमा बैठकमा नियमन विभागका उप निर्देशक केदार पोखरेलको टिमले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घटेको जानकारी दिँदै सहकारीहरुको समेत ब्याजदर घटाउन सुझाव दिएका थिए । तर सहकारी विभाग यसबारे मौन रहेको छ । जसका कारण सहकारीमा व्याजदर घटेको छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]