September 9th, 2021

नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको रिपो जारी गर्दै

बैंकिङ खबर । बैंकिङ प्रणालीमा देखिएको तरलता समाधान गर्न नेपाल राष्ट्र बैंकले रु ३० अर्बको रिपो जारी गर्ने भएको छ। उक्त रकम १४ दिनका लागि जारी गरिने छ । राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउने छ । गत भदौ १७ गते पनि राष्ट्र बैंकले ७ दिनका लागि २० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराएको थियो। राष्ट्र बैंकले भदौ २४ गते रिपोको बोलकबोल गरी रकम विनियोजन गर्ने छ । यसमा सहभागि हुन चाहने वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले अनलाइन मार्फत आबश्यक रकमको बिडिङ गर्नुपर्नेछ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]