बैंकिङ खबर । गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय पूँजी बजारमा देखिएको समस्या समाधान गर्ने बताएकाछन् । शेयर बजारमा देखिएको पछिल्लो समस्यामा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको थियो । यसैबिच शेयर धितो ऋणको व्यवस्था सच्याउन भन्दै अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन्। शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको जनाइएको छ । गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने जवाफ दिएको जनाइएको छ ।