
बैंकिङ खबर । पछिल्लो समय आइपीओमा आकर्षण बढ्दै जाँदा करिव ५ अर्ब ६१ करोडको ४ करोड ९४ लाख १६ हजार कित्ता सेयर आइपिओ पाइपलाइनमा छ । नेपाल धितोपत्र बोर्डका अनुसार ७ वटा हाइड्रोपावर कम्पनी तथा केही वित्तीय संस्था र केही अन्यको आइपीओ आउनेक्रममा छ । जस अनुसार सयपत्री हाइड्रोपावर, अपर सोलु हाइड्रोपावर, दोर्दी खोला हाइड्रोपावर, अपर हेवा खोला हाइड्रोपावर, मोलुुङ हाइड्रोपावर, रिभर फल्स हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर, निस्डो समृद्ध लघुुवित्त, जल्पा सामुुदायिक लघुुवित्त, उपकार लघुुवित्त, रिलायबल लाइफ इस्योरेन्सको आइपीओ लाइनमा छन् । त्यस्तै डिस मिडिया नेटवर्क र आइएमई लाइफ इस्योरेन्स छन् । विन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट, हिमालयन हाइड्रो, बलेफी हाइड्रोपावर, ग्रिनभेन्जर हाइड्रो कम्पनीको पनि आइपीओ आउँदै छ । हाल यी कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्रारम्भिक समीक्षामा राखेको छ ।