August 29th, 2021

सबैभन्दा धेरै नाफा कमाउने लघुवित्तहरु :

बैंकिङ खबर । गत आबमा केही लघुवित्त वित्तीय संस्थाहरुको नाफा आकर्षक देखिएको छ । जसमा छिमेक लघुवित्त वित्तीय संस्थाको नाफा सबैभन्दा धेरै छ । उसले १ अर्ब २१ करोड ५६ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । संस्थाको लाभांश दिने क्षमता ३८ प्रतिशत रहेको जनाइएको छ । त्यसैगरी निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ९१ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ। यसको लाभांश दिने क्षमता ३२ प्रतिशत छ।

यसैगरी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ७१ करोड ३७ लाख नाफा कमाएको छ । त्यस्तै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ६१ करोड ९४ लाख नाफा कमाएको छ । यसैगरी साना किसान लघुवित्त वित्तीय संस्थाले ६१ करोड ४९ लाख नाफा कमाएको छ । फरवार्ड माईक्रोफाइनान्सले ५७ करोड ४६ लाख नाफा कमाएको छ । फरवार्ड माइक्रो फाइनान्सको ४० प्रतिशत लाभांश दिने क्षमता रहेको छ । एनआईसी एसिया लघुवित्तले ५६ करोड ४७ लाख नाफा कमाएको छ । यसैगरी मेरो माइक्रोफाइनान्सले ४४ करोड ७२ लाख नाफा कमाएको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ३५ करोड ९५ लाख रुपैयाँ हाराहारीमा नाफा कमाएको छ । यसैगरी नेसनल माइक्रो फाइान्सले ३२ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । नेसनल माइक्रोफाइनान्सको लाभांश क्षमता ५२ प्रतिशत रहेको छ । फरवार्ड माइक्रो फाइनान्सको ४० प्रतिशत र यसबाहेकका संस्थाको ३८ प्रतिशतदेखी तल लाभांश दिने क्षमता छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]