Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तलाई राष्ट्र बैंकको नयाँ परिपत्र : एनएफआरएस अनुसार रिपोर्ट तयार गर्नुपर्ने

२०७८ भाद्र ९ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार तयार हुनुपर्ने निर्देशन जारी गरेको छ । बुधबार एक परिपत्र मार्फत नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई एनएफआरएसमा वित्तीय विवरण तयार गर्न निर्देशन दिएको हो । उक्त निर्देशन पछि अब राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुले २०८९ असार मसान्तको वित्तीय विवरण एनएफआएसअनुसार तयार गर्नुपर्छ । लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा स्वीकृत कर्जामा वार्षिक १.५० प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यबस्था पनि परिपत्रमा उल्लेख छ । परिपत्रमा एक वर्षभन्दा कम अवधिको लागि कर्जा प्रवाह गर्दा १।५० प्रतिशत, एक वर्षभन्दा कम समयको लागि कर्जा प्रवाह गर्दा १.४ प्रतिशत, चौमासिक रुपमा ०.३७ प्रतिशत, तथा थोक कर्जा प्रवाहमा ०.५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने उल्लेख छ ।