August 25th, 2021

कर्जा भुक्तानीको म्याद थपसहित राष्ट्र बैंकले जारी गर्यो नयाँ निर्देशन (पूर्ण पाठ)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट प्रभावित क्षेत्रहरुको मुल्याङकन गरी एक बर्षदेखि २ बर्षसम्म कर्जा भुक्तानी म्याद थप गर्न बैंकवित्तलाई निर्देशन दिएको छ । निर्देशन अनुसार रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसाय तथा नगद प्रबाह अबरुद्ध भएका लघु, घरेलु, साना तथा मझौला व्यवसायीलाई आगामी पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज भुक्तानीको म्याद एकबर्ष थप गर्न बैंकवित्तलाई भनिएको छ । राष्ट्र बैंकले निर्देशन मार्फत वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई आगामी पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज भुक्तानीको म्याद एकबर्ष थप गर्न निर्देशन दिएको छ । ‘निर्देशन अनुसार कोभिड १९ को असर मूल्याङ्कन गरी त्यस्ता ऋणीहरुले २०७८ पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्ष सम्म म्याद थप गरी कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउनु पर्नेछ । यसैगरी कोभिड–१९ बाट अति प्रभावित क्षेत्रहरु मध्ये होटल, ट्राभल, ट्रेकिङ्ग र हवाई सेवा जस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई दुइबर्ष म्याद थपीएको छ ।

निर्देशनको पूर्ण पाठ

Directive-No.2-A-B-C-1

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]