Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा कम्पनीको सञ्चालक नियुक्तिसम्बन्धि नयाँ व्यवस्थामा अध्यक्षहरुको असन्तुष्टी

२०७३ भाद्र १३ गते

bima samitiबीमा कम्पनीका अध्यक्षहरुले कम्पनीको सञ्चालक बन्नका लागि नयाँ निर्देशिकाले गरेको व्यवस्थामा असन्तुष्टि व्यक्त गरेका छन् । बीमा समितिले सबै बीमा कम्पनीका अध्यक्षहरुसंग गरेको सामुहिक छलफलमा अध्यक्षहरुले यस्तो बताएका हुन् । अहिले बीमा कम्पनीहरुको पूँजी आकार सानो भैरहेको सन्दर्भमा लामो समयदेखि बीमा ऐनको मस्यौदा अर्थ मन्त्रालयमा पुगेर बिचाराधीन अवस्था रहँदा कम्पनीहरुको बिस्तारमा बाधा पुगेको गुनासो बीमा कम्पनीका अध्यक्षहरुले गरेका छन् । साथै उनीहरुले प्रस्तावित बीमा ऐन अलमलमा परेकोतर्फ बोर्डको ध्यानाकर्षण गराएका थिए । त्यस्तै, बीमा कम्पनीको चुक्ता पूँजीका सम्बन्धमा सबै कम्पनीका अध्यक्षहरुले बीमा समितिसंग प्रष्ट धारणा समेत माग गरेका थिए । बीमा कम्पनीहरुले समयानुकुल अहिले क्षमता अनुसार आफुहरु बीमा कम्पनीको पूँजी वृद्धिका लागि तयार रहेकोतर्फ पनि बोर्डको ध्यानाकर्षण गराएका थिए । समितिले मन्त्रालयमा पठाएको मस्यौदा तथा सञ्चालकहरुको नियुक्तिमा गरिएको नयाँ व्यवस्थाका सम्बन्धमा राय सुझाव संकलनका लागि छलफल चलाएको समितिले जनाएको छ ।