बैंकिङ खबर । मौद्रिक नीति आएपछि यसको दवावमा तरलता अभाव हुने डरले केही वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छन् । यही भदौ १ देखि लागू हुनेगरी धेरै बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले ०.२५ देखि १.२५ प्रतिशतसम्म ब्याजदर बढाएर सार्वजनिक गरेका हुन् ।
निक्षेपमा सर्वाधिक सिभिल बैंकले २ वर्ष बढी अवधिका लागि ८.७५ प्रतिशत व्याजदर सार्वजनिक गरेका छन् । औषतमा ६ देखि ८ प्रतिशतको बीच ब्याजदर कायम गरिएको छ ।
प्रभु बैंकले समेत मुद्दती निक्षेपको ब्याज दर ८.२५ प्रतिशत पु¥याएको छ । यस अघि ७ प्रतिशत कायम थियो । यता, नेपाल बैंकले न्यूनतम ३.०५ प्रतिशत र अधिकतम ४.५५ प्रतिशत पु¥याएको छ । यस्तै, मुद्दतीको ब्याज दर सात प्रतिशतबाट बढाएर ८.०५ प्रतिशत पु¥याएको छ ।
नबिल बैंकको न्यूनतम ब्याज ३.०१ प्रतिशत छ भने अधिकतम ब्याज ५.०१ प्रतिशत कायम छ ।
केन्द्रीय बैंकले सीसीडी खारेज गरेर सीडी रेसियो कायम गर्ने नीति लिएपछि तरलता अभाव हुने भएकाले बैंकहरु ब्याज बढाउन बाध्य भएका हुन् । धेरै बैंकले व्याजदर बढाएका छन् भने केही सिमितले व्याज घटाएका छन् यस्तै, केहीले व्याजदर यथावत राखेकाछन् । कतिपयले मौद्रिक नीतिको कुराहरु कसरी कार्यन्वयन हुनेछ भनेर पर्ख र हेरको अवस्थामा रहेर ठोस निर्णय गर्न पर्खेर बसेका हुन् ।