Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

वाणिज्य बैंकका शाखा ७५० स्थानीय तहहरुमा बिस्तार

२०७८ श्रावण २९ गते

बैंकिङ खबर । वाणिज्य बैंकका शाखा ७५० स्थानीय तहहरुमा बिस्तार भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंकका शाखा ७५० स्थानीय तहहरुमा बिस्तार भएको बताएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार एक कार्यक्रमका बिच मौद्रिक नीति सार्वजनिक गरेका छन् उनले बैंक तथा वित्तीय संस्थाका शाखा बिस्तारसँगै वित्तीय पहुँच समेत बढेको बताए । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९,७६५ रहेकोमा २०७८ असार मसान्तमा १० हजार ६ सय ८३ पुगेको बताए । उक्त अवधिमा प्रति बैंक शाखा जनसंख्या ३ हजार ७२ बाट घटेर २ हजार ८ सय ४४ कायम भएको छ ।

Ad