Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

निक्षेप संकलन दर वृद्धि, २ प्रतिशत कायम गरिने

२०७८ श्रावण २९ गते

बैंकिङ खबर । आर्थिक वर्ष २०७/७९ को मौद्रिक नीतिमा ब्याजदर करिडरको तल्लो सीमामा रहेको निक्षेप संकलन दरलाई १ प्रतिशतबाट बृद्धि गरी २ प्रतिशत कायम गरिने जनाइएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दे यस्तो जानकारी दिएको हो । यस्तै, बैङ्क तथा वित्तीय संस्थाको नगद अनुपात ३ प्रतिशतमा यथावत राखिएको छ भने रिपो दरलाई ३ प्रतिशतबाट वृद्धि गरी ३.५० प्रतिशत कायम गरिएको छ ।
गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रवार राष्ट्र बैंकमा एक कार्यक्रमका बीच मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर करिडरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ५ प्रतिशतमा यथावत राखिएको समेत जानकारी दिए ।

Ad