Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

निजी क्षेत्रको कर्जा विस्तार १९ प्रतिशतमा सीमित गरिने

२०७८ श्रावण २९ गते


बैंकिङ खबर/चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा बिस्तार १९ प्रतिशतमा सीमित गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै उक्त जानकारी दिनुभएको हो ।
प्रचलित मूल्यको कूल ग्राहस्थ उत्पादनलाई मौद्रिक प्रक्षेपणको आधारका रुपमा लिँदै आर्थिक वर्ष २०७८/६९ मा विस्तृत मुद्रा प्रदायकको बिस्तार १९ प्रतिशतमा सीमित गर्ने प्रक्षेपण गरिएको छ । मौद्रिक नीतिमा उपभोक्ता मुद्रास्फीति ६.५० प्रतिशतभित्र सीमित राख्नुका साथै आर्थिक उत्थानलाई प्राथमिकता दिइने उल्लेख छ ।

Ad