Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मौद्रिक नीति सवा ४ बजे आउँदै

२०७८ श्रावण २९ गते

बैंकिङ खबर/चालू आवको मौद्रिक नीति आज सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रवार बिहान ८ः३० बजे बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले अनुमोदन गरेपछि अपराह्न सवा ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको हो । बैठकमा सञ्चालक समितिले गरेको केही संशोधनसहित मौद्रिक नीति सार्वजनिक गर्न लागिएको छ ।

मौद्रिक नीतिले बैंकहरुलाई जथाभावी ऋण लगानी गर्नबाट रोक्ने विशेष प्रावधान ल्याउन लागेको राष्ट्र बैंकले जनाएको छ । हालै अर्थमन्त्रीले संसद्मा सार्वजनिक गरेको मुलुकको अर्थतन्त्रको पछिल्लो परिदृश्यले समेत राष्ट्र बैङ्कलाई केही कसिलो नीति जारी गर्न सहज बनाएको बताइएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थामा नगद लाभांश वितरणलाई निरुत्साहित गर्दै बोनस सेयर वितरणलाई प्रोत्साहन गर्न लागिएको छ । सेयर धितोमा प्रदान गरिने कर्जाको सीमा पनि हालको ६५ प्रतिशतबाट बढाइएको छ । डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउन आवश्यक व्यवस्था मिलाइने घोषणा पनि नीतिमा हुनेछ । कोभिडबाट प्रभावित ऋणीले साँवा र ब्याज भुक्तानीका लागि तीन महिनादेखि एक वर्षसम्म समयावधि पाउने भएका छन् ।

मौद्रिक नीतिमा कोभिड–१९ को असरले थला परेको अर्थतन्त्रमा सरोकारवालाहरूको मनोबल बढाउन विभिन्न राहत कार्यक्रम ल्याउन लागिएको जनाइएको छ । जसमा कोभिड–को असरले प्रभावित ऋणीलाई कम, मध्यम र धेरै प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ । असार मसान्तमा ऋणको साँवा र ब्याज भुक्तानी गर्न नसक्ने ऋणीलाई म्याद थपसँगै ब्याजको पुँजीकरण, ग्रेस अवधि थपलगायत कर्जा पुनःसंरचनाका लागि पर्याप्त समय दिइएको पनि जनाइएको छ । बैंक तथा वित्तीय संस्थाको संख्या घटाएर सेवाको गुणस्तर अभिवृद्धिमा जोड, सहुलियत दरको कर्जाको प्रभावकारी परिचालन, डिजिटल बैंकिङलगायत क्षेत्रमा केही नयाँ व्यवस्था समेटेर मौद्रिक नीति ल्याउन लागिएको छ ।

 
Ad