बैंकिङ खबर । बीमा समितिका अनुसार हालसम्म १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमालेख खरिद गरेका छन् । समितिका अनुसार सबै बीमा कम्पनीमा गरी १ लाख ३७ हजार ७ सय ५४ जनाको दाबी परेको छ । तर यसमध्ये ३७ हजार बीमितले मात्रै कोरोना बीमाको रकम पाएका छन् । हालसम्म कोरोना बीमा दाबी वापत १३ अर्ब बढीको दाबी परेको छ । ४ अर्ब ७८ करोड ८१ लाख ७१ हजार रुपैयाँ भने भुक्तानी भईसकेको छ। कतिपयले कोरोना बीमाको रकम समयमा पाउन नसकेको गुनासो गर्दै आएका छन् । समयमै भुक्तानी नपाउदा बीमितहरुको बीमा प्रति विश्वास घट्दै गएको छ ।
नेपाल राष्ट्र बैंक
साढे १७ लाखले गरे कोरोना बीमा, हालसम्म ४ अर्ब ७८ करोड बढी भुक्तानी
२०७८ श्रावण २८ गते