बैंकिङ खबर । अर्थमन्त्री जनार्दन शर्माले पहुँचका आधारमा बजेट विनियोजन नगर्ने बताएका छन् ।
बिहीबार राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि शर्माले सन्तुलित विकासमा ध्यान दिइने बताए। शर्माले श्वेतपत्रमार्फत आफूले अर्थतन्त्रको अनुहार प्रस्तुत गरेको बताउदै तथ्याङ्क गलत भए आफू कठघरामा उभिन तयार रहेको बताए । यस्तै, उनले कसैसँगको आग्रहरपुर्वाग्रह राखेर श्वेतपत्र नल्याएको बताउदै यथार्थपरक तथ्यांक प्रस्तुत गरेको दावी गरे । उनले हाल सरकारको प्राथमिकता कोरोनाभाइरस विरुद्धको खोप भएको उल्लेख गर्दे त्यसका लागि बजेट अभाव हुन नहुने बताए ।