
बैंकिङ खबर । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्ती गरेको हो । घिसिङले बुधबार पदभार ग्रहण गर्नेछन् । घिसिङ नियुक्त भएसँगै हितेन्द्रदेव शाक्यलाई भने जल तथा उर्जा आयोगको पूर्णकालिन सदस्यका रुपमा ४ वर्षका लागि नियुक्ती गरिएको छ ।