Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सहज

२०७८ श्रावण २५ गते

बैंकिङ खबर । मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सहज भएको छ । सरकारले राज्य सञ्चालनका लागि ‘संयुक्त सरकारका साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेपछि मौद्रिक नीति ल्याउन केन्द्रीय बैंकलाई सहज भएको हो । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयनको पक्षमा अन्योल भइरहे सँगै मौद्रिक नीति ल्याउन बजेटलाई पर्खिएको राष्ट्र बैङ्कले अब नपर्खिने भएको हो । नयाँ सरकारको आग्रह बमोजिम राष्ट्र बैंकले ‘संयुक्त सरकारका साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक भएपछि मात्रै मौद्रिक नीति ल्याउने भएको थियो । सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमलाई अब मौद्रिक नीति तय गर्नका लागि बजेटको आधार मान्न सक्नेछ । केन्द्रीय बैंकले चालू आर्थिक वर्ष ०७८/७९ को मौद्रिक नीति असारको पहिलो साता नै ल्याउने तयारी गरेको भएतापनि नयाँ सरकारले नयाँ बजेट ल्याउने तयारी गरेपछि राष्ट्र बैंकको मौद्रिक नीति धकेलिन पुगेको हो ।

 

Ad