एटिएम मेसिन फुटाउँदै गर्दा १ पक्राउ


Bankingkhabar /August 5, 2021

बैंकिङ खबर । एटिएम मेसिन पुटाउदै गर्दा बुधबार राति एक जना पक्राउ परेकाछन् । काठमाडौं महानगरपालिका टुसालस्थित एन आई सी एशिया बैंकको एटिएम मेशिन फुटाउँदै गर्दा ३४ वर्षका बिनोद चौलागाईलाई प्रहरीले पक्राउ गरेको हो। मध्य रातको बरीब साढे १ बजे एटिएम फुटाउँदै गर्दा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


सोसिअल मेडिया