सरकारको प्राथमिकतालाई हेरेर मौद्रिक ल्याउछौं : गभर्नर अधिकारी


Bankingkhabar /August 5, 2021

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले भर्खरै आएको नयाँ सरकारको प्राथमिकता र प्रक्षेपणलाई हेरेर चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको छ । बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार परिवर्तन भएसँगै नयाँ सरकारको प्राथमिकता र प्रक्षेपण हेरेर मौद्रिक नीति सार्वजनिक गर्ने जानकारी दिएकाछन् । बैठकमा बोल्दै उनले यस पटकको मौद्रिक नीतिमा कोरोनाबाट प्रभावितहरूलाई बिगतमा जस्तै सहुलियत एवं कर्जाको पुनसंरचना र पुनर्तालिकीकरणमा समेत जोड दिने बताए ।
यस्तै, व्यापारघाटा कम गर्न विलासिताका वस्तुको आयातमा रोक लगाउन समेत यस पटकको मौद्रिक नीतिमा जोड दिइने उनको भनाई छ ।

 


सोसिअल मेडिया