Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सहकारी संस्थाहरुको ब्याजदर घटाउन राष्ट्र बैंकको सुझाव

२०७८ श्रावण १८ गते


बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरुको ब्याजदर परिवर्तन गर्न आग्रह गरेको छ । बजारमा कर्जाको ब्याजदर घटेको भन्दै सहकारी संस्थाहरुको पनि ब्याजदर घटाउन राष्ट्र बैंकले सुझाव दिएको हो ।
सहकारी क्षेत्रको व्याजदर नयाँ सन्दर्भ ब्याजदर निर्धारण गर्न सहकारी विभागले कार्यदलसमेत गठन गरेको छ । विभागका नयाँ रजिष्ट्रार लिलाप्रसाद शर्मासँग आइतबार सरोकारवालासँगको भेटमा राष्ट्र बैंकको प्रतिनिधिहरुले सहकारी संस्थाहरुको ब्याजदर समायोजन गर्न सुझाव दिएका हुन् ।
सहकारी विभागले २०७६ साउन १९ गतेदेखि लागु हुने गरी पहिलो पटक ऋणको अधिकतम् ब्याजदर १६ प्रतिशत निर्धारण गरेको थियो ।
विभागले ‘सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समिति’ गठन गरी दोस्रो पटक २०७७ कार्तिक १५ गतेदेखि सहकारी संस्थाहरुले दिने कर्जाको ब्याजदर समायोजन गरेको थियो ।
त्यसयता संस्थाहरुले बचतमा दिने बयाजमा ६ प्रतिशत स्प्रेड राखेर कर्जामा अधिकातम १४.७५ प्रतिशतसम्म ब्याजदर लिन पाउँछन् ।
छलफलका राष्ट्र बैंकको प्रतिनिधिमा बैठकमा नियमन विभागका उप निर्देशक केदार पोखरेलको टिमले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घटेको जानकारी दिँदै सहकारीहरुको समेत ब्याजदर घटाउन सुझाव दिएका थिए ।

Ad