Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सर्वोत्तमको सेयर कारोबारबारे अख्तियारले थाल्यो अनुसन्धान, सेबोनसँग माग्याे कागजपत्र

२०७८ श्रावण १७ गते


बैंकिङ खबर/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोत्तम सिमेन्टको कारोबारबारे अनुसन्धान सुरु गरेको छ।
बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर खरिदमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगाना मुछिएपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो। अख्तियारले अनुसन्धानका लागि बुक बिल्डङमार्फत आईपीओ जारी गर्न थालिएको प्रक्रियासँग सम्बन्धित सबै कागजातहरु धितोपत्र बोर्डसँग मागेको छ।

सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेविका ढुंगानाको नाममा भेटिएपछि भित्री कारोबारको रहस्य उजागर भएको थियो।

Ad