Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंक स्वायत्त संस्था हो, मौद्रिक नीति ल्याउन रोकेका छैनौंः अर्थमन्त्री

२०७८ श्रावण १४ गते


बैंकिङ खबर/अर्थमन्त्री जनार्दन शर्माले आफुले मौद्रिक नीति नरोकेको बताउनुभएको छ ।
बिहीबार आर्थिक पत्रकार संघ (नाफिज) सँगको अन्तरक्रियामा अर्थमन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने जिम्मा पनि राष्ट्र बैंकको भएको बताउनुभयो ।
उहाँले राष्ट्र बैंकका गभर्नरलाई व्याज बढेर जनता अफ्ठयारेमा नपरुन्, पुनरकर्जा लिने अवस्थाबाट, ऋण लिने अवस्थाबाट कोहि पनि बन्चित हुने अवस्था नआहोस् भन्नेमा आग्रह गरिएको समेत बताउनुभयो ।
उहाँले गभर्नरलाई जनतालाई अफ्ठयारो पर्ने गरी काम नगर्न आग्रह गरेको समेत बताउनुभयो । नीतिको कारणले आर्थिक क्रियाकलापमा असहज हुन, जनतालाई अफ्ठयारो पर्ने आर्थिक गतिविधिमा बाधा नपर्ने प्रकारका मौद्रिक नीति ल्याउन सुझाव दिएको पनि उहाँले बनाउनुभयो ।
उहाँले आफु भर्खरै अर्थमन्त्रालय आएको बताउँदै अब कसरी जाने भन्ने सन्दर्भमा सरोकारवालासँग छलफलको क्रममा रहेको बताउनुभयो ।

Ad