बैंकिङ खबर/ धुर्मुस–सुन्तली प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘म त मर्छु कि क्या हो’ को पेमेन्ट पार्टनरमा प्रभु पे रहेको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गर्दै चलचित्र निर्माता सिताराम कट्टेलले फिल्म ओटीटी प्लेटफर्मबाट रिलिज गर्ने तयारी भएको र प्रभु पे पेमेन्ट पार्टनर रहेको जानकारी गराउनु भयो ।
यो चलचित्र प्रभु पे बाटै भुक्तानी गरेर सजिलै हेर्न सकिनेछ । सुविहानी फिल्मको प्रस्तुतिमा तयार यो चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन ।
यो चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, वुद्दि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय छ । सिताराम र कुञ्जनाको कथा रहेको यो चलचित्रमा पटकथा तथा संवाद पनि उनीहरुकै छ ।
के हो प्रभु पे ?
प्रभु ग्रुपले ल्याएको ‘प्रभु पे’ अत्याधुनिक डिजिटल वालेट हो । मोबाइल वालेटका लागि प्रभु पे डाउन डाउनलोड गर्नुपर्छ । एप डाउनलोड गरेपछि एपबाट पैसासँग सम्बन्धित सम्पूर्ण कार्यहरु जस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाताबाट पैसा ट्रान्सफर गर्न, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभु टिभी रिचार्ज गर्न, एनसीएचएल डिपोजिट गर्न सकिनेछ ।
एपबाट युनियन पे र क्युआर कोड स्क्यान गरेरै पैसा तिर्न सकिनेछ । प्रभु ग्रुपले ‘वालेट अब मोबाइलमा’ भन्ने नाराका साथ नौलो र फरक सुविधा ल्याएको हो ।