Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रभु बैंकको २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

२०७८ श्रावण १० गते

बैंकिङ खबर/प्रभु बैंक लिमिटेड संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थापक तथा सर्वसाधारण सेयरधनीका लागि सेयर बिक्रीमा राखेको हो ।

बैंकले लिलाम बढाबढबाट सेयर बिक्री गर्ने छ । बैंकले कुल २ लाख २ हजार १८६ कित्ता सेयर बिक्रीमा राखेको छ ।
सेयरको न्यूनतम मूल्य प्रति कित्ता २१० रुपैयाँ तोकिएको छ । इच्छुकले २१० देखि माथिको मूल्य तय गरेर आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
आवेदन साउन १५ गतेदेखि २९ गतेसम्म दिन सकिनेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । २१० रुपैयाँका दरले बिक्री भएमा ४ करोड २४ लाख ५९ हजार ६० कित्ता आउने छ । सेयर बाँडफाँट साउन ३१ गते गरिने बताइएको छ ।

Ad