July 21st, 2021

नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन

बैंकिङ खबर/नेपाल उद्योग परिसंघको अध्यक्षमा उद्यमी विष्णुकुमार अग्रवाल चयन हुनुभएको छ । परिसंघको १८ औं वार्षिक साधारणसभाले अग्रवाललाई अध्यक्ष चयन गरेको हो। अग्रवाल यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
उहाँले यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसक्नुभएको छ । उहाँ परिसंघको पूर्वाधार विकास समितिको सभापति भएर पनि काम गर्नुभएको थियो। नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुनुहुन्छ ।

परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ। त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन हुन्छन्। राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिप कुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दिपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाण कुमार चौधरी, बिक्रम सिंघानिया, दिलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन हुनुभएको छ ।
यसैगरी प्रतिष्ठानगत तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीव कुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन हुनुभएको छ । संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]