July 21st, 2021

राहतसहितको आर्थिक पुनरुत्थानको कार्यक्रम ल्याउँछाैँ: अर्थमन्त्री


बैंकिङ खबर/अर्थमन्त्री जनार्दन शर्माले सरकारले राहत सहितको आर्थिक पुनरुत्थान कार्यक्रम ल्याउने तयारी गरिरहेको बताउनुभएको छ । उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभामा उहाँले राहत प्याकेजको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनुभएको स्मरण समेत गराउनुभयो । अर्थतन्त्रलाई पनि राहत भ्याक्सिन दुवै आवश्यक भएको भन्दै कोरोनाको भ्याक्सिन र राहत भ्याक्सिन सँगै लैजान आवश्यक रहेको जानकारी गराउनुभयो ।

उहाँले २ खर्ब १५ अर्ब बढीको कृषि सामग्री आयात हुने गरेको भन्दै त्यसलाई रोक्नेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । अर्थमन्त्री शर्माले नेपाली उत्पादनको अभियानलाई सफल बनाउन, मूल्यमा प्रतिस्पर्धा गरेर अभियानलाई सफल बनाउने जानकारी गराउनुभयो । उहाँले सबै उद्योगी व्यवसायीलाई परिणामुखी काम गर्न आग्रह गर्नुभएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]