फोर्स मर्जरको कुनै पनि नीति नल्याउन राष्ट्र बैंकलाई पूर्वगभर्नरहरुको सुझाव


बैंकिङ खबर/पूर्व गभर्नरहरुले ठूला बैंकबीच फोर्स मर्जरको कुनै पनि नीति ल्याउन नहुने भन्दै राष्ट्रबैंकलाई सुझाव दिनुभएको छ । राष्ट्र बैंकद्वारा बुधबार आयोजित आगामी मौद्रिक नीतिमा पूर्वगभर्नरहरुको भर्चुअल सुझाव संकलन तथा अन्तरक्रियामा पूर्वगभर्नरहरुले ठूला बैंकहरुको संख्या घटाउन आवश्यक भएपनि फोर्स मर्जरको नीति ल्याउन नहुनेमा सुझाव दिनुभयो । पूर्व गभर्नरहरुले खराब कर्जा धेरै भएका बैंकहरु मर्जरमा जाँदा प्रभिजनिङमा सहुलियत दिने लगायतका व्यवस्था अफरको रुपमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ । छलफलमा पूर्वभगर्नरहरुले बैंक तथा वित्तीय संस्थाहरुको संस्थापक सेयर लामो समयसम्म साधारण सेयरमा रुपान्तरण हुन नपाउने व्यवस्था खारेज हुनुपर्नेमा समेत जोड दिनुभएको थियो ।


सोसिअल मेडिया